विराटचोकः खड्का आयल सेन्टर बेलबारीले पेट्रोलियम पदार्थ बिक्रीमा अनियमितता गर्ने गरेको आरोप ग्राहकहरुले लगाएका छन् ।
आज दिउँसो पथरीशनिश्चरेका टेकबहादुर राईको मोटरसाइकलमा पेट्रोल कम भएर रिजर्भमा रहेको तेल प्रयोग हुन थालेपछि उहाँ सो पेट्रोल पम्पमा जानुभयो । साढे १३ लिटर क्षमताको ट्याङ्कीमा २ लिटर पेट्रोल हुँदाहुँदै १५ लिटर पेट्रोल खपत भएपछि आफू ठगिएको भनी उहाँले प्रहरीलाई जानकारी गराउनुभएको थियो ।
त्यसपछि आएको प्रहरीले आयल सेन्टरका कर्मचारीलाई पम्पमा ताला लगाउन लगाई चाबी आफूले लिएर गएको उपभोक्ताले बताए ।