विराटचोकः आइतबार ललितपुरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेका उपाध्यक्ष गुरु बरालसहित १७ मनोनित केन्द्रीय सदस्यहरूले शपथ लिनुभएको छ । उहाँहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएको हो ।
गत साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट) जितेन्द्र देव (सुनसरी), रामप्रीत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) लाई एमाले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।
एक वर्षदेखि रिक्त एमालेको उपाध्यक्ष पदमा गुरु बराल मनोनित