Tuesday, December 24, 2024
Homeफिचरनेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बढायो नाफा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बढायो नाफा

विराटचोकः नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षमा ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ दशमलव ७१ प्रतिशत बढी हो ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपछि नाफा बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी २२ दशमलव ०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १९ दशमलव ६५ प्रतिशत र सञ्चालन मुनाफा २१ दशमलव ६२ प्रतिशत बढेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११ दशमलव ५ गुणा रहेको छ ।

३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments