जलेश्वरः जमिनको पानी सोसेर जमिन सुख्खा बनाएको भन्दै महोत्तरीको मनराशिसवा नगरपालिकाले मसला जातको रुख काट्न सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिका क्षेत्रमा भएका मसलाका रुख ३ महिनाभित्र सबै रुख काटिसक्न नगरपालिकाले सूचनामा उल्लेख गरेको छ । नगरपालिकाको १२ औं नगरसभाले मसलाको रुख विस्थापन गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।
मसला रुखले जमीनको उर्बराशक्ति घटाएको, धेरै पानी सोस्दा जमीनमा बाँझोपन बढेको हुनाले तोकिएको म्यादभित्र आफैंरुख नकाटे नगरपालिकाले नै कर्मचारी र नगरप्रहरी खटाएर काट्ने बताइएको छ ।