Monday, December 23, 2024
Homeफिचरसाविकको सानिमा लाइफको १ दशमलव ४३ करोड कित्ता सेयरको लक इन अवधि...

साविकको सानिमा लाइफको १ दशमलव ४३ करोड कित्ता सेयरको लक इन अवधि साउन २९ गते सकिने

विराटचोकः सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आगामी साउन २९ गते समाप्त हुने भएको छ । मर्जरमा गएको साविकको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि साउन २९ गते सकिने भएको हो ।

कम्पनीको संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर र कर्मचारीका लागि सुरक्षित गरिएको शेयरको लक इन अवधि सकिएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।

कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ करोड ४० लाख कित्ता संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ३ लाख कित्ता गरी कुल १ करोड ४३ लाख कित्ता शेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीले २०७८ साल साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ साउन ३० गते बाँडफाँड भएको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक शेयरधनीले धारण गरेको तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

साउन २९ पछि सो कम्पनीको थप १ करोड ४३ लाख कित्ता शेयर दोस्रो बजारमा आउने भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments