Tuesday, December 24, 2024
Homeखेलकुदमहिला भलिबलमा पहिलो पटक नेपालद्वारा भारत पराजित

महिला भलिबलमा पहिलो पटक नेपालद्वारा भारत पराजित

काठमाडौंः महिला भलिबलमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको छ । काभा वुमन्स नेसन्स लिग २०२४ अन्तर्गत नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई ३–२ को सेटमा पराजित गरेको हो ।

भारतमाथि ऐतिहासिक जीत निकाल्ने क्रममा नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ अङ्क ल्याएको हो । २०४३ सालदेखि शुरु नेपालले महिला भलिबल प्रतियोगितामा भाग लिएको हो ।

नेपाली महिला भलिबल टोलीले पछिल्लो केही वर्षयता अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । दक्षिण एशियाली महिला भलिबलमा नेपालले भारतबाहेक अन्य देशलाई लगातार हराउँदै आएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments