विराटचोकः यस पटक जुलाइ महिनामा नेप्से सूचक ३५.५३ प्रतिशतले बढेको छ । एक महिनामा यति धेरै नेप्से इतिहासमै पहिलो पटक बढेको हो ।
यसअघि २०१२ अप्रिल महिनामा नेप्से ३५ दशमलव ४१ प्रतिशतले बढेको थियो । २०२० फेब्रुअरीमा नेप्से २३ प्रतिशतले बढेको थियो भने नोभेम्बरमा २१ प्रतिशतले बढेको थियो ।
एक महिनादेखि शेयर बजार निरन्तर बढ्दो क्रममा छ । एक महिनाअघि २०३७ विन्दुमा रहेको नेप्से सूचक बुधबारसम्ममा बढेर २७६० विन्दुमा पुगेको छ ।