Tuesday, December 24, 2024
Homeफिचर२८०० लाई चुम्यो नेप्सेले

२८०० लाई चुम्यो नेप्सेले

विराटचोकः निरन्तर बढिरहेको नेपाली शेयर बजारले आज २८०० अङ्क चुमेको छ । बिहान ११ बजे खुलेको शेयर बजारले दिउँसो १२ बजेर ३१ मिनेट जाँदा २८०० को बिन्दु चुमेको हो ।

आज ११ बजेर ४ मिनेट जाँदा नै २७८६ बिन्दुसम्म आएको बजार त्यसपछि भने ओरालो लाग्ने क्रममा रातो पोतिएको थियो । ओरालो यात्रामा हिँडेको बजारले ११ बजेर १६ मिनेट जाँदा २७४७ को बिन्दुलाई छोएको थियो ।

त्यसपछि बजार फेरि उकालो लागेर २७९१ सम्म पुगेपनि फेरि ओरालो झरेको थियो । २७७२ सम्म ओरालो झरेर उकालो लागेको बजार झण्डै आधा घण्टा १७८० को आसपास घुमेको थियो । त्यसपछि शुरु भएको उकालो यात्राले हिजो भन्दा ३९ दशमलव २४ अङ्क बढेर २८०० को बिन्दु चुमेको हो ।

बजारले २८०० को बिन्दु पार गर्दै गर्दा अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको कारोबार भएको छ । डेढ घण्टामा अर्ब २६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

एक घण्टामा झण्डै ६ अर्बको शेयर कारोबार

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments