विराटचोकः कोशी प्रदेशमै पहिलो पटक मोरङको सुन्दरहरैंचामा प्रविधिको प्रयोग गरेर रोपाइँ गरिएको छ । सुन्दरहरैंचा नगरपालिका २ का किसान शेखर निरौलाको खेतमा मेसिनमार्फत् रोपाइँ गरिएको थियो ।
सो मेसिनले एक घण्टामा १० कठ्ठा क्षेत्रफलमा धान रोप्न सक्ने बताइएको छ । सो मेसिनले रोपाइँ गरेको हेर्न उल्लेख्य सङ्ख्यामा सर्वसाधारण उपस्थित भएका थिए ।
सुन्दरहरैचा नगरपालिकाका कृषि शाखा अधिकृत सुदीप भण्डारीका अनुसार, नगरभित्र ५ हजार हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ ।
मेसिनको परीक्षण प्रयोग हेर्न सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, वडा नम्बर ८ का वडा सदस्य रोशन उप्रेती, कृषि ज्ञान केन्द्र मोरङका निमित्त कार्यालय प्रमुख रामदेव सिंह, नरबहादुर पोलिटेक्निक इटहरीका प्रशिक्षार्थीलगायतको उपस्थिति थियो ।