Tuesday, December 24, 2024
Homeअर्थचालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, ब्याजदर घट्ने

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, ब्याजदर घट्ने

विराटचोकः शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । नीतिले ब्याजदर थप घटाउने र कर्जा प्रवाह बढाउने देखिएको छ । नीतिगत दर र बैंक दर थप घट्ने भएको छ ।

शेयर बजारमा पनि संस्थागत लगानीकर्तालाई लगाइएको २० करोडको सीमा हटाइएको छ । शेयर बजारमै लगानी गर्न भनेर स्थापना भएका संस्थागत लगानीकर्तालाई कर्जा सीमा तोकिनु कुनै पनि हालतमा नभएको लगानीकर्ताको भनाइ थियो । यसमा सम्बोधन भएको छ । व्यक्तिगत लगानीकर्ताले १५ करोडसम्म लगानी गर्न पाउने व्यवस्थामा भने परिवर्तन भएको छैन ।

निर्माण उद्योगलाई विभिन्न छुट, सुविधा र सहुलियत पनि दिइएको छ । निर्माणमा रहेको शिथिलता हटाएर विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाउन यसले सहयोग पुग्ने देखिएको छ ।

उता, बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको, ब्याजदर सस्तो भएको अवस्थमा कर्जा विस्तार गर्ने नीति आएको छ । बैंकहरुको लगानी विस्तारमा यसले जोड दिएको छ । यसैगरी, लघुवित्त तथा सहकारी क्षेत्रका समस्या समाधान गर्नेतर्फ पनि नीति केन्द्रित देखिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments