Monday, December 23, 2024
Homeअपराधचेक बाउन्सका घटना बढ्दा कालो सूचीमा पर्नेको सङ्ख्या बढ्दै

चेक बाउन्सका घटना बढ्दा कालो सूचीमा पर्नेको सङ्ख्या बढ्दै

विराटचोकः कर्जा सूचना केन्द्रका अनुसार आर्थिक वर्ष २०८०–८१ मा ५२ हजार ३०३ जना व्यक्ति तथा संस्था कालो सूचीमा परेका छन् । तीमध्ये १४ हजार ४२४ व्यक्ति तथा संस्थाहरु उक्त सूचीबाट हटेको पनि कर्जा सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार कर्जा तिर्न नसकेका कारण गत वर्ष १० हजार ९८ जना व्यक्ति कालो सूचीमा परेका छन् । सोही कारण १८२ निर्माण व्यावसायी पनि कालो सूचीमा परेका छन् ।

‘कर्जा डिफल्ट’ र चेक बाउन्सका घटना बढ्दै जाँदा कालोसूचीमा पर्नेको सङ्ख्या पनि उच्च दरले वृद्धि भएको हो । बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी नगर्नेका साथै पछिल्लो समय चेक बाउन्सको केसमा पनि ग्राहकहरुलाई कालो सूचीमा राखिँदै आएको छ ।

गत वर्ष १७८ सहकारी तथा संस्थाहरु चेक बाउन्सका कारण कालो सूचीमा परेका छन् ।

२०४६ साल पुसदेखि हालसम्म कालो सूचीमा पर्नेको संख्या ९४ हजार ४ सय ७७ पुगेको केन्द्रले जनाएको छ । गत वर्षसम्म २१ हजार ६८४ व्यक्ति तथा संस्था उक्त सूचीबाट हटेको पनि कर्जा सूचना केन्द्रले जनाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments