विराटचोकः डिजिटल वालेट ‘खल्ती’ ले टपअपमा आईफोन र डायमन्ड रिङ्गको अफर पश्चात बन होलिडेजको सहकार्यमा आफ्ना ग्राहकहरूका लागि टपअपमा थाइल्याण्ड भ्रमणको नयाँ अफर ल्याएको छ ।
यस अफर अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताले मंसिर १५ गतेदेखि पुस २९ गतेसम्म ५० रुपैयाँको टपअप गरी थाइल्याण्ड भ्रमणको लक्की ड्रमा सहभागी हुने मौका पाउनेछन् । साथै हरेक टपअपमा २५ खल्ती पोइन्ट्स पनि प्राप्त गर्नेछन् ।
यो अफरमा सहभागी हुन ग्राहकले खल्तीको फिचर्ड सर्भिसेस सेक्सनमा रहेको ‘टपअपमा मा थाइल्याण्ड ट्रीप’ आईकनबाट ५० रुपैयाँको रिचार्ज गर्नुपर्नेछ । रिचार्ज गरे पश्चात केवाईसी भेरिफाइड ग्राहकहरू थाइल्याण्ड ट्रिप जित्न योग्य हुनेछन् भने २५ रूपैयाँ खल्ती पोइन्ट्स पनि तुरुन्तै आफ्नो खल्ती खातामा प्राप्त गर्नेछन् ।
खल्ती प्रयोगकर्तामध्ये एक भाग्यशाली जोडी विजेताको घोषणा अफर सकिएको हप्ता दिनभित्रमा खल्तीको फेसबुक लाइभमार्फत् हुने बताइएको छ ।