बिर्तामोडः पछिल्लो २४ घण्टामा झापाको शनिश्चरे वर्षा मापन केन्द्रमा १०१ मिलिमिटर वर्षा भएको छ । ६ घण्टामा मात्रै १०० दशमलव २ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिश्चरे र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले सो क्षेत्र भएर बग्ने बिरिङ, अदुवा र अन्य साना खोलामाका तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार मेची जलाधार क्षेत्रको निन्दा खोलाको बाढीले खतराको तह पार गरेको छ । खतराको संकेत स्वरुप साइरन बजाइएको छ । भोलि बिहान ७ बजेसम्म सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
सो खोलाको जल सतह अहिले १२५ दशमलव ७९ मिटर रहेको छ । १२२ मिटर जल सतह हुँदा सतर्क रहनुपर्ने र १२२ दशमलव ५० मिटर पार गर्दा खतराको सूचक रहेको महाशाखाले जनाएको छ ।









