संखुवासभाः संखुवासभाको धर्मदेवी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । नगरपालिकाले असार ९ गते नीति, कार्यक्रम तथा बजेटको प्रारम्भिक सिलिङ पास गरी असार २९ गते नगर सभा सम्पन्न गर्ने निर्णय गरे पनि गणपूरक सङ्ख्या पुगेको थिएन ।
नगर प्रमुख उदयचन्द्र पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार नगर सभा संचालन गर्न बनेको ऐन, २०७४ को दफा १४ को उपदफा (१) बमोजिम २९ गते बोलाएको बैठकमा गणपूरक संख्या नपुगी पुनः दफा १४ को उपदफा (२) बमोजिम बैठक आह्वान गरिएको र सो उपदफा (२) बमोजिम समेत गणपूरक संख्या नपुगेकोले पुनः उपदफा (३) बमोजिम बैठकको सूचना जारी गरिएको थियो ।
उपदफा (३) बमोजिम जारी गरिएको सूचना बमोजिम समेत गणपूरक संख्या नपुगेकोले उपदफा (४) बमोजिम एक तिहाई सदस्यको उपस्थितिलाई गणपूरक संख्या मानिने प्रावधानअनुसार स नगर सभा सम्पन्न भएको हो ।
बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ ।