विराटचोकः नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेपछि ओलीले आफ्नो दाबी पेश गर्नुभएको थियो ।