Tuesday, December 24, 2024
Homeफिचर५३ अङ्क बढ्यो नेप्से, बैंकिङ उपसमूह चम्किँदा उच्च मूल्य बढ्ने कम्पनी भने...

५३ अङ्क बढ्यो नेप्से, बैंकिङ उपसमूह चम्किँदा उच्च मूल्य बढ्ने कम्पनी भने जलविद्युत उपसमूहका

विराटचोकः आज बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ७४ प्रतिशतले बढे पनि उच्च मूल्य बढ्ने कम्पनीमा भने जलविद्युत समूहका कम्पनी परेका छन् ।

जलविद्युत उपसमूहको परिसूचक पनि ३ प्रतिशतभन्दा बढी बढेको छ । जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

आज रिडी पावर र माण्डु हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढ्दा जानकी फाइनान्स र हिमाल दोलखा हाइड्रोपावर तथा अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढी बढेको छ । बलेफी हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५ दशमलव १२ प्रतिशत घटेको छ ।

नेप्से परिसूचक ५२ दशमलव ९७ अंक बढेर २२५७ दशमलव ५९ बिन्दुमा अडिँदा नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ७ अर्ब ८ करोडको शेयर किनबेच भएको थियो भने आज ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५२० रुपैयाँको कारोबार भएको छ । ३०९ कम्पनीको ९६ हजार २७४ पटकको कारोबारमा २ करोड २० लाख ४७ हजार कित्ता शेयर किनबेच भएको थियो ।

कारोबार रकमका आधारमा जानकी फाइनान्स २४ करोड २७ ५८ हजार ५७२ रुपैयाँको शेयर किनबेच गरेर अग्रस्थानमा रहेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, र ग्लोबल आइएमई बैंकको संस्थापक शेयर उच्च कारोबार हुने कम्पनीमा परेका छन् ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ३५ खर्ब ८० अर्ब ९३ करोड ६४ लाख २९ हजार ८०९ रुपैयाँ कायम भएको छ । आज सबै उपसमूहमा हरियाली छाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments