Tuesday, December 24, 2024
Homeफिचर२२०० नाघ्यो नेप्से, बन्न लागेको नयाँ सरकारप्रति लगानीकर्ता आशावादी

२२०० नाघ्यो नेप्से, बन्न लागेको नयाँ सरकारप्रति लगानीकर्ता आशावादी

विराटचोकः १ वर्षपछि नेप्सेले २२०० को अंक नाघेको छ । नेप्से यसअघि गत वर्षको साउन ७ गते २२२७ अंक पार गरेपछि लगातार ओरालो लागेको थियो । गत माघ ४ गते इन्ट्रा डे मा २२०० को बिन्दु छोए पनि बजार बन्द हुँदा भने सो बिन्दुमा अडिन सकेको थिएन ।

आज नेप्से परिसूचक १.३४ प्रतिशत अर्थात् २९.२१ अंकले बढेर २ हजार २०४.६१ बिन्दुमा अडिँदा व्यापार र लघुवित्तको सूचकमा भने रातो पोतिएको छ । नेप्सेमा सूचीकृतमध्ये ३३१ वटा कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर ८७ हजार ८६ पटक कारोबार हुँदा ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ रुपैयाँको शेयर किनबेच भएको छ ।

आज कारोबार पनि ६ महिना यताकै उच्च हो । यसअघि गत माघ २ गते ७ अर्ब बढीको कारोबार भएको थियो ।

बन्न लागेको नयाँ सरकार बजारमैत्री र स्थायी हुने विश्वासले लगानीकर्ताले लगानी बढाउनुका साथै बजारमा लगानीयोग्य रकम पर्याप्त भएकाले लगानीको वातावरण बन्दै गएको अनुमान गरिएको छ ।

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनी बलेफी हाईड्रो, सिटिजन सुपर ३० म्युचुअल फण्ड र एनआइएबीएल स्टेबल फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ४.५९ प्रतिशतले तथा साधना लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४.५६ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ३४ खर्ब ९६ अर्ब ९० करोड २३ लाख ५५ हजार १९६ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments