इटहरीः नेपाल विद्युत प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्ससहित तीन ठूला उद्योगको बिजुलीको लाइन काटिदिएको छ ।
प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबापतको बक्यौता नबुझाएको भन्दै मङ्गलबार राति रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली काटिदिएको हो ।
प्राधिकरणले यसअघि पनि बक्यौता नतिर्ने ६१ वटा उद्योगको लाइन काटेको थियो । तर, सरकारले उद्योगीहरुको दवाबपछि डेडिकेटेड र ट्रंकलाइन महसुल समस्या समाधानका लागि आयोग बनाएको थियो ।