Tuesday, December 24, 2024
Homeप्रविधिनबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्ने सुविधा

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्ने सुविधा

विराटचोकः नबिल बैंकले कियोस्क मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधा मार्फत आउटवार्ड क्लियरिंग चेक अब ग्राहक स्वयंले कियोस्क मार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्ने बताइएको छ ।

ग्राहकले आफ्नो समय अनुकुल पारी कार्यालय समय बाहेक पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्ने बताइएको छ । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरुले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा संचालनमा ल्याएको छ । उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्युरोड र कुलेश्वर तथा उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिने जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments