केराबारीः सोमबार वडा कार्यालयमा केराबारी गाउँपालिकाको वडा नम्बर ४ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
अग्रीमा मिडिया एण्ड सर्भिस प्रालिको सहजीकरणमा भएको कार्यक्रममा उठेका प्रश्नहरुको वडाध्यक्ष शिवप्रसाद तामाङले जवाफ दिनुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु, कर्मचारी, विभिन्न टोल विकास संस्थाका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो ।