लेटाङः लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१\०८२ का लागि ६० करोड ८६ लाख ३७ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबार बसेको नगरपालिकाको पन्ध्रौं नगरसभामा उपप्रमुख कृष्णकुमारी पोखरेलले ६० करोड ८६ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्ुतत गर्नुभएको हो । बजेटलाई नगरप्रमुख भुपेन्द्रकुमार लावतीले नगरसभा समक्ष निर्णायार्थ पेश गर्दा सर्वसम्मत पारित भएको छ ।
लेटाङले चालु आर्थिक वर्षको भन्दा १५ करोड घटी बजेट ल्याएको हो ।
नगरसभा सदस्यहरुलाई बजेट पुस्तिका वितरण गरिएको भए पनिसर्वसाधारणका लागि भने असार ३० गते बजेट सार्वजनिक गरिने नगर प्रमुख लावतीले बताउनुभयो । बजेट सार्वजनिक कार्यक्रमलाई नगरको उत्सवको रुपमा आयोजना गर्ने तयारी भइरहेको बताउँदै उहाँले नगरका स्थानीय उत्पादनका स्टलहरु समेत सो अवसरमा प्रदर्शनीमा राखिने जानकारी दिनभुयो ।
सुन्दरहरैंचा नगरपालिकाले ल्यायो १ अर्ब ८२ करोड ६१ लाख रुपैयाँको बजेट, झण्डै २६ करोड घाटा बजेट