Tuesday, December 24, 2024
Homeफिचरहट्यो क्ष, त्र, ज्ञ, श्र, ॐ लोप हुने खतरा, टिप्पणी आदेशका भरमा...

हट्यो क्ष, त्र, ज्ञ, श्र, ॐ लोप हुने खतरा, टिप्पणी आदेशका भरमा वर्णविन्यास परिवर्तन नहुने सर्वाेच्चको फैसला

विराटचोकः सर्वोच्च अदालतले टिप्पणी आदेशका भरमा वर्णविन्यास र व्याकरण परिवर्तन गर्न नहुनेसहितको फैसला गरेको छ ।

वर्णविन्याससँग सम्बन्धित रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । सर्वोच्चले लिखित फैसला भने सार्वजनिक गरिसकेको छैन । सर्वोच्चको फैसलासँगै शिक्षा मन्त्रालयका तत्कालीन शिक्षा सचिव किशोर थापाले तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्मासमक्ष २०६९ साउन १७ मा पेश गरेको सम्पादन तथा प्रकाशन शैली पुस्तिकाको वर्णविन्याससम्बन्धी टिप्पणी आदेश बदर भएको छ । मन्त्री शर्माले २०६९ साउन २२ मा टिप्पणी आदेश सदर गरेका थिए ।

नेपाली भाषाको वर्णविन्यास बिगारेको भन्दै पत्रकारद्वय टपेन्द्रबहादुर कार्की र स्वागत नेपाल साथै नेपाली भाषा अभियन्ता बलदेव शर्मा अधिकारी, लालानाथ सुवेदी, महेश्वर न्यौपाने लगायतले छुट्टाछुट्टै चारवटा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्चले कार्की र नेपालले दर्ता गरेको रिट जारी गरेको हो। सर्वोच्चले अधिकारीको रिट निवेदन आंशिक रिट जारी गरेको छ भने सुवेदी र न्यौपानेको रिट निवेदन भने खारेज गरेको छ ।

नयाँ वर्णविन्यासको नियमअनुसार, संयुक्त अक्षरहरू टुक्र्याउनुपर्ने हुन्थ्यो । त्यसो गर्दा क्ष, त्र, ज्ञ, ॐ जस्ता अक्षर नै लोप हुने अवस्था थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments