Tuesday, December 24, 2024
Homeकला र साहित्यराष्ट्रिय कविता महोत्सवमा १० कविता उत्कृष्ट

राष्ट्रिय कविता महोत्सवमा १० कविता उत्कृष्ट

विराटचोकः नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको यस वर्षको राष्ट्रिय कविता महोत्सव सम्पन्न भएको छ । वाचनका लागि छानिएका २५ कवितामध्येबाट १० कविता उत्कृष्ट घोषित हुँदै जनही नगद ३० हजार रुपैयाँ, प्रमाणपत्र र मेडल पाएका छन् ।

प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका अवसरमा हिजो आयोजना गरिएको राष्ट्रिय कविता महोत्सव—२०८१ म सहभागी भएका कविहरूमध्ये मूल्याङ्कन समितिबाट सिफारिस भएअनुसार सर्वोत्कृष्ट १० जनालाई पुरस्कारका लागि छनोट गरिएको हो । कार्यक्रममा सर्वोत्कृष्ट १० कविका रचना वाचनसमेत गरिएका थिए ।

महोत्सवका लागि देशभरबाट एक हजारभन्दा बढी कविता प्राप्त भएका थिए । विभिन्न चरण पार गरेर तेस्रो चरणका लागि २५ कविता छानिएकामा १० कवितालाई सर्वोत्कृष्ट घोषणा गरी पुरस्कृत गरिएको थियो ।

यसअघि पहिलो, दोस्रो र तेस्रो घोषणा गर्ने गरिए पनि यसपटक छनोट विधि परिवर्तन गरी १० रचना छानिएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका उत्कृष्ट कर्मचारी सुरेन्द्र महर्जन, दुर्गादेवी शर्मा र कुलराम थापालाई जनही ५० हजार रुपैयाँसहित पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

पुरस्कृत हुनेमा बर्दियाका अग्र आवाज, मकवानपुरकी अनिता न्यौपाने, नवलपरासीका अञ्जान प्रदीप, दाङका छविलाल कोपिला, रोल्पाका दिलीप बुढामगर, मोरङका रुमानी कुलुङ, सिन्धुलीका रुपक ‘जमरा’ घलान, सिन्धुलीकी रेजिना खालिङ, ललितपुरकी शर्मिला दुलाल र पाँचथरका सुमन सहयात्री योङहाङ रहेका छन् ।

प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदीको हस्ताक्षरमा जारी विज्ञप्तिमा जनाइएअनुसार उत्कृष्ट हुने १० कविको नाम वर्णानुक्रमअनुसार यसप्रकार रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments