Tuesday, December 24, 2024
Homeकला र साहित्यकोशी प्रदेशस्तरीय एसइइ आइडल २०२४ को उपाधि गायनतर्फ कुसुम माझी र नृत्यतर्फ...

कोशी प्रदेशस्तरीय एसइइ आइडल २०२४ को उपाधि गायनतर्फ कुसुम माझी र नृत्यतर्फ डीना चोङवाङलाई

धरानः कोशी प्रदेशस्तरीय एसइइ आइडल २०२४ को उपाधि गायनतर्फ कुसुम माझी र नृत्यतर्फ डीना चोङबाङले हात पारेका छन् ।

फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित तथा एफ.टि.एल.अनलाईन टिभीको आयोजनामा शुक्रबार सम्पन्न ग्रान्ड फिनालेमा धरान आदर्श बोर्डिङ माविकी माझी र मेरिल्याण्ड इङ्लिस बोर्डिङकी डीना चोङबाङले उपाधि हात पारेका हुन् ।
गायतर्फ सुनाखरी एकेडमीका अनिस राई फस्ट रनर अप, नेपाल प्रहरी स्कुलकी निरुपा सारु मगर सेकेण्ड रनर अप र निजामती आवासीय स्कुल धनकुटाका सुजल थापा थर्ड रनर अप भए ।

बेस्ट फिल्मी सङ सिङ्गर इस्टर्न एजुकेसनल एकेडेमीकी सपना लिम्बू तथा बेस्ट लोकगीत सिङ्गर हिमशिखर इङ्लिस बोर्डिङ तरहराका युकेस राई घोषित भए । बेस्ट मोडर्न सङ सिङ्गर ज्ञानदर्पण एकेडेमीकी आसोना राई तथा बेस्ट पप सङ सिङ्गर मेरील्याण्ड इङ्लिस बोर्डिङका मिक्साम लिम्बू घोषित भए । बेस्ट भोकलको उपाधि ज्ञानोदय माविका भुमिराज देवानले तथा बेस्ट डिसिप्लिनको उपाधि नवोदय विद्या मन्दिर बोर्डिङ स्कुलका रवीन्द्र श्रेष्ठले पाए ।

नृत्यतर्फ सुकुना मावि सुन्दरहरैँचाकी कामना श्रेष्ठ फस्ट रनर अप, होलिल्याण्ड इङ्लिस बोर्डिङ भद्रपुरकी एलिसा राई सेकेण्ड रनर अप तथा युरेका माविका पासाङ तामाङ थर्ड रनर अप घोषित भए ।

जनसहयोग मावि तरहराकी करिना गिरीले अल राउन्ड डान्सरको उपाधी हात पार्दा भानु स्मृती मावि धरानकी सलिना विश्वकर्माले बेस्ट कल्चरल डान्सरको उपाधि पाइन् ।

हिमाली माविकी सुम्निमा राई बेस्ट एक्स्प्रेसन डान्सर, फेवा सेकेण्डरी बोर्डिङ केराबारीकी कृति सुब्बा बेस्ट फिल्मी डान्सर, सुकुना मावि सुन्दरहरैचाकी आयुषा श्रेष्ठले मस्ट कन्फिडेन्स डान्सर तथा किरातेश्वर माविकी सरु राईले मस्ट डिसिप्लिन फाइनलको उपाधि हात पारे ।

गायन र नृत्य दुवैतर्फका विजेता, फष्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अपले क्रमशः नगद ५० हजार, ३० हजार ,२० हजार र १० हजार नगद, ट्रफी र प्रमाणपत्र हात परे । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गायिका लोचन भट्टराई र अस्मिता अधिकारी, आयोजक संस्थाका अध्यक्ष डम्बरकुमार तुम्बापो, इभेन्ट निर्देशक रामबहादुर लिम्बू, वाई वाई धरानकी प्रतिनिधि मन्जुश्री मानन्धर, युएन नवोदय कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ तथा निर्णायकहरुले पुरस्कार प्रदान गरेका थिए । उनीहरुले कक्षा ११ र १२ का लागि क्रमशः शतप्रतिशत, ८० प्रतिशत ७० प्रतिशत र ६० प्रतिशत छात्रवृत्ति पनि पाएका छन् ।

दुवै विधाका सबटाईटल प्राप्त गरेका प्रतिष्पर्धीहरुले जनही ५ हजार नगद, ट्रफी र प्रमाणपत्रका साथै कक्षा–११ मा अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति पाएका छन् ।

गायन तर्फको निर्णायकमा भ्वाइस अफ नेपाल सिजन–२ का टप फाईनलिस्ट एबम गायक बिकास तुम्बापो लिम्बू, सङ्गीत प्रशिक्षक गायक विनायक राई र गायिका जमुना राई थिए ।

नृत्य तर्फको निर्णायकहरुमा वरिष्ठ नृत्य प्रशिक्षक मनि राई, राष्ट्रिय कोरियोग्राफर प्रीतम साम्बाहाम्फे र नृत्य प्रशिक्षक पनिता तामाङ थिए ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments