हसिनाः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ मा रहेको हसिना सिमसारमा विपन्न वर्गका व्यक्तिलाई लक्षित गरी बाँसबाट मुडा बनाउने तालीम शुरु गरिएको छ ।
शुक्रबार शुरु भएको तालीमको आयोजना सुन्दरहरैंचा ५ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समितिले गरेको हो । स्थानीय गरिब तथा विपन्न ४० जनाले तालीम लिइरहेको आयोजकले जनाएको छ ।
समितिका अध्यक्ष घनश्याम न्यौपानेका अनुसार १० दिनसम्म तालीम सञ्चालन हुनेछ ।