विराटचोकः आवासका लागि सहयोग समूहको आयोजनामा मोरङको सुन्दरहरैंचामा सामुदायिक योजना प्रदर्शनी मेला सम्पन्न भएको छ ।
शनिबार गोकर्ण रिसोर्टमा आयोजित योजना प्रदर्शनी मेलामा नगरका २२ वटा समुदायका समस्या प्रस्तुत गरिएको थियो । ती योजना सम्पन्न गर्न सुन्दरहरैंचाका जनप्रतिनिधि तथा अन्य संघसंस्थाले प्रतिबद्धता जनाएका थिए ।
योजना प्रदर्शनी मेलाको प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाई रहनुभएको थियो । यस्तै वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न २२ वटा समुदायका लाभग्राही, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, सञ्चारकर्मीलगायतले योजना मेलाको प्रदर्शनी अवलोकन गरेका थिए ।