विराटचोकः द्वन्द्वको समयमा माओवादी कार्यकर्ताबाट आगजनी भएको मोरङ सुन्दरहरैंचाको विराटचोकमा रहेको इन्द्रपुर शाखाले दुई दशकपछि आफ्नै भवनबाट सेवा दिन थालेको छ ।
आगजनीले क्षति भएको भवनको मर्मत गरेर जेठ २५ गतेदेखि सो शाखाले आफ्नै भवनबाट सेवा दिन थालेको हो । सो बैंकको शाखा कार्यालयमा २०६० साल भदौ ११ गते माओवादी कार्यकर्ताहरुले आगजनी गरेपछि सुनसरीको इटहरीमा कार्यालय सारेर सेवाग्राहीलाई सेवा दिइएको थियो ।
माओवादी र सरकारबीच शान्ति सम्झौता भएको केही समयपछि विराटचोकमा रहेको भाडाको घरबाट कार्यालय सञ्चालन हुँदै आएको थियो ।
आफ्नै कार्यालयबाट सेवा शुरु भए पनि औपचारिक उद्घाटन हुन भने बाँकी रहेको बैंकले जनाएको छ ।