काठमाडौंः नेपालमा कोरोना भाइरसको नयाँ उपप्रजाति केपी.१ र केपी.२ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको जानकारी दिनुभएको हो ।
सो उपप्रजाति सामान्य रुघाखोकी जस्तै भएकाले आत्तिनु नपर्ने बताइएको छ ।
पछिल्लो समय भारत, सिंगापुर, अमेरिकासँगै अफ्रिकी मुलुकमा ओमिक्रोनका नयाँ उपप्रजाति ‘केपी.१’, ‘केपी.२’, ‘केपी.३’, ‘केपी.४’ देखिएको थियो । नेपालमा पनि ४० कोभिड संक्रमितको नमुना जिनोम सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतमा नयाँ भेरियन्ट भेटिएको हो ।