इटहरीः नेपाल दयानन्द वैदिक मिसन एकेडेमी इटहरीले नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यालयमा एक समारोह आयोजना गरी स्वागत तथा दीक्षित गरिएको हो ।
इटहरीको लायन्स क्लबमा भएको कार्यक्रममा युकेजी बाट कक्षा १ र कक्षा ५ बाट ६ मा तथा कक्षा ८ बाट ९ मा गएका १ सय ५ जना विद्यार्थीलाई उत्कृष्ट उपाधीको प्रमाण पत्र सहित दीक्षित गरिएको हो ।
सोही अवसरमा नयाँ १ सय १५ जना विद्यार्थीलाई खादा र टीका लगाएर सांस्कृतिक कार्यक्रम सहित स्वागत गरिएको हो ।
विद्यालयका प्रिन्सिपल डा. बेणु सिटौलाका अनुसार विद्यालयमा ५ सय ५० जना विद्यार्थीहरु अध्यनरत रहेका छन् ।
विद्यालयका सहायक क्याप्टेन सुमन पराजुलीको अध्यक्षता तथा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष ध्रुवकुमार लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय सञ्चालकहरु विश्वप्रसाद रिजाल, ईश्वरी पराजुली, टीकादत्त बन, राजेश खनाललगायतले नयाँ विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थीलाई दीक्षित गर्नुभएको थियो ।








