Tuesday, December 24, 2024
Homeफिचरकायरो विश्वकै प्रदूषित शहर, काठमाडौं बारौँ स्थानमा

कायरो विश्वकै प्रदूषित शहर, काठमाडौं बारौँ स्थानमा

गोठगाउँः विश्वको वायु प्रदूषण गुणस्तर सूचक आइक्युएअर डट कमका अनुसार आज बिहान ५ बजे सबैभन्दा प्रदूषित शहरको रुपमा इजिप्टको कायरो रहेको छ । दोस्रो प्रदूषित शहर इण्डोनेसियाको मेदान र तेस्रो प्रदूषित शहर इराकको बगदाद रहेको छ ।

आइक्युएअर डट कमका अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अहिले बिहान ५ बजे कायरोको एक्युआई सूचक २०६, मेदानको २०५ र बगदादको १८७ रहेको छ ।

काठमाडौंसहित नेपालका पूर्वी भागमा भएको वर्षाका कारण नेपालको वायु प्रदूषण भने घटेको छ । एक्युआइ सूचकमा नेपालको ११४ रहेको छ । यद्यपि यो सूचक हिजो १०० को आसपासमा थियो ।

यो इण्डेक्स दिनभर एउटै रहँदैन । प्रत्येक मिनेटमा तलमाथि भइरहन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्युआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्युआई सम्मलाई सामान्य मानिन्छ ।

यस्तो छ आज बिहान ५ बजेको एक्युआई सूचकाङ्क

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments