Friday, December 5, 2025
Homeफिचरपूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलिया

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा विजुकुमार थपलिया

गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सोही विश्वविद्यालयको व्यवस्थापन सङ्कायका पूर्व डिन प्राडा विजुकुमार थपलिया नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले प्राडा थपलियालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले आफ्नो विश्वविद्यालय भित्रैबाट उपकुलपति नियुक्त हुनुपर्ने माग गर्दै आएको थियो ।
पूर्वाञ्चलमा शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो । उक्त समितिले पूर्वाञ्चलमा थपलिया, महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिश गरेको थियो ।

गठित समितिले दरखास्त माग गरी कार्ययोजना, सोचपत्र र अन्तर्वार्ताको आधारमा छनोट गरी सिफारिश गरेको थियो । विज्ञ समूहले कार्ययोजना सोचपत्रको मूल्याङ्कन गरी छनोट गरेको थियो ।

विश्वविद्यालयको उपकुलपतिका लागि तोयनारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोखरेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटवाल, उमेश कोइराला, सञ्जेसप्रसाद कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशकुमार भट्टराई र महेशराज दाहालले आवेदन दिनुभएको थियो ।

आवेदन दिएकामध्ये तोयनारायण पौडेल योग्यता प्राध्यापक नभएपछि १७ जनालाई प्रस्तुतिका लागि बोलाइएको थियो । आवेदन दिएकामध्ये सञ्जेशप्रसाद कोइरालाको निधन भएपछि १६ जनाले प्रस्तुति दिएका थिए । प्रस्तुतिमा सहभागी सबैलाई अन्तवार्तामा सहभागी गराई ३ जनाको नाम उपकुलपतिको लागि सिफारिश गरिएको थियो ।

विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाको चार वर्षे कार्यकाल २०८० फागुन १८ गते सकिएपछि चिकित्साशास्त्र सङ्कायका डीन डा. शैलेषमणि पोखरेललाई बढीमा तीन महिनाको लागि जिम्मेवारी दिइएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments