Tuesday, December 24, 2024
Homeखेलकुदओलम्पिक १९८८ का सहभागी १२ नेपाली ओलम्पियनको सम्मान

ओलम्पिक १९८८ का सहभागी १२ नेपाली ओलम्पियनको सम्मान

विराटचोकः मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा भएको तेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा भएको कार्यक्रममा राजकुमारी पाण्डे, मेनुका राउत, हरि रोकाया, विधान लामा, डम्बर कुँवर, पार्वती थापा, रामबहादुर गिरी, गंगाराम डंगोल, डम्बरदत्त भट्ट, विष्णुबहादुर सिंह, ऋषिराम प्रधान र टीकाबहादुर बोगटीलाई सम्मान गरिएको हो ।

खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, एसोसिएसनका अध्यक्ष दीपक विष्ट र बोर्डका सदस्य सचिव हंशराज वाग्लेले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments