Tuesday, December 24, 2024
Homeकला र साहित्यप्रमोद भट्टराईको ‘मनोभिराम’ मुक्तक सङ्ग्रह विमोचित

प्रमोद भट्टराईको ‘मनोभिराम’ मुक्तक सङ्ग्रह विमोचित

विराटनगरः साहित्यकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा लिखित मनोभिराम मुक्तक सङ्ग्रह विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो कृति विमोचन गरिएको हो ।

प्राज्ञ विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, अग्रज साहित्यकार तारानाथ पोखरेललगायतले संयुक्त रुपमा मुक्तकसंग्रहको विमोचन गर्नुभएको थियो ।

विमोचित मुक्तकसंग्रहको समीक्षा समालोचक भूषण ढुङ्गेलले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’, मञ्जु घिमिरे दाहाल, रोहिन सैजु, मञ्जुश्री गिरी, नानुमैया दाहाल, मदन भण्डारी, निर्मला कोइराला, राधा भट्टराई, तारानाथ पोखरेललगायतले संग्रहभित्रका मुक्तक वाचन गर्नुभएको थियो ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले मुक्तक प्रतिष्ठानमा पुस्तक प्रकाशनका लागि कोष स्थापना गर्ने घोषणा गर्दै आफूले १० हजार रुपैयाँ कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments