Tuesday, December 24, 2024
Homeकला र साहित्यआज अन्तर्राष्ट्रिय नृत्य दिवस

आज अन्तर्राष्ट्रिय नृत्य दिवस

विराटचोकः आज अन्तर्राष्ट्रिय नृत्य दिवस संसारभर विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस सन् १९८२ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घले युनेस्कोसँग सहकार्य गरेको इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिले पहिलो पटक यो दिवस मनाएको थियो ।

त्यसपछि हरेक वर्ष २९ अप्रिलमा नृत्य दिवस मनाउने गरिएको छ । २९ अप्रिल जिन जर्जस् नोभेरेको जन्मदिन हो, जसलाई आधुनिक ब्याले नृत्यको निर्माता मानिन्छ । दिवसका अवसरमा जनमानसमा नृत्यको महत्त्व बुझाउने प्रयास गरिन्छ ।

नृत्य भावना र मानवीय संवेदनाको अभिव्यक्ति हो । नृत्य उत्साहको प्रतीक हो । नृत्य दर्शन पनि हो । नृत्यको लोकप्रियता बढेसँगै स्वास्थ्यलाई पनि राम्रो गर्ने भएका कारण अहिले जुम्बा, हिपहप, ब्रेक डान्स, बालेट, साल्सालगायतका नाच प्रचलनमा देख्न पाइन्छ । अचेल नृत्य व्यावसायिकतातर्फ उन्मुख हुन थालेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments