Tuesday, December 24, 2024
Homeफिचरपहिलो पाइला नेपालले दियो २५ विपन्न परिवारलाई झुल

पहिलो पाइला नेपालले दियो २५ विपन्न परिवारलाई झुल

गोठगाउँः सामाजिक कार्यमा सक्रिय पहिलो पाइला नेपालले सुन्दरहरैंचा ७ पानीट्याङ्की टोलको मुसहर बस्तीका २५ विपन्न परिवारलाई झुल वितरण गरेको छ ।

गर्मीयाम शुरु भएसँगै लामखुट्टेले टोकेर लाग्ने रोगको प्रकोप फैलिने हुनाले विपन्न परिवारलाई झुल वितरण गरिएको पहिलो पाइला नेपालका सुन्दरहरैंचा अध्यक्ष मिलन लुइँटेलले बताउनुभयो ।

सहयोगी हातहरुसँग सहयोग मागेर सङ्कलन भएको रकमले झुल खरीद गरेर वितरण गरिएको उहाँले बताउनुभयो ।

झुल वितरण कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष निराजन धमला, सल्लाहकार विशाल खरेल, कादम्बिनी कृषि सहकारी संस्थाका अध्यक्ष कपिलराज दाहाललगायत उपस्थित हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments