धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि खाना महोत्सव हुँदैछ । पर्यटन प्रवर्द्धनकाे माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटा नगरपालिका–१ हिलेमा मेला हुन लागेको हाे ।
आयाेजक संस्था हिले पर्यटन प्रर्वद्धन तथा पूर्वाधार विकास र होटल एशोसिएशन धनकुटाका अनुसार ‘रैथाने कला संस्कृति परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ महोत्सवमा स्थानीय अर्गानिक मौलिक खानाको परिकार आकर्षणको रुपमा रहनेछ ।
महोत्सवमा कोदो, फापर र मकैको ढिँडो, कोदो र फापरको रोटी, गुन्द्रुकको अचार, सेलरोटी, सुकुटीलगायत स्थानीयस्तरमा पाइने मौलिक परिकारको स्टल रहने बताइएकाे छ ।