धरानः सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १ चतरामा आजदेखि १ महिनासम्म पूर्ण महाकुम्भ मेला लाग्ने भएको छ । आज चैत २७ गते मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले वराहक्षेत्रमा कुम्भस्नान गरी मेला उद्घाटन गर्ने कार्यक्रम छ ।
मेलाभर प्रवचन, हवन, शास्त्रार्थका साथै विभिन्न माङ्गलिक, सांस्कृतिक तथा साहित्यिक कार्यक्रम हुने मेला आयोजक मूल समारोह समितिले जनाएको छ । मेलामा २ करोड भक्तजनको उपस्थिति रहने समितिले अनुमान गरेको छ ।