सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ। चैत २७ गते मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
गत सोमबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी चाँदीको भाउ भने उच्च मूल्या नै स्थिर छ। मंगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।