गोठगाउँः सुन्दरहरैंचा वडा नम्बर ७ मा रहेको न्यु नारी विकास संस्थाको अध्यक्षमा सम्झना बरुवाल सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन हुनुभएको छ । संस्थाको आज भएको पहिलो साधारणसभाले बरुवाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा अम्बिका श्रेष्ठ, सचिवमा वेदमाया बिष्ट, सहसचिवमा अप्सरा खड्का र कोषाध्यक्षमा ममता बुढाथोकी चयन हुनुभएको छ ।
सदस्यहरुमा सीताकुमारी कोइराला, हीरा खनाल दर्जी, मीरा खड्का, देवीमाया लुइँटेल, सबिना बस्नेत र इन्दिरा खतिवडा चयन हुनुभएको छ ।
साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह मगरले गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य सीता अधिकारी, वडा सदस्य मीन गुरुङका साथै सुन्दरहरैंचाका विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।