बेलबारीः बेलबारी ३ मा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थामा शुक्रबार राति चोरी हुँदा चोरले सीसी क्यामेराको डिभिआर मात्र चोरेको संस्थाले जनाएको छ ।
आज संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्यालयमा भएका सबै फाईल र रकम सुरक्षित रहेको जनाइएको छ ।
पैसा राख्ने गरिएको सेफ चोरले फुटाउन खोजे पनि फुटाउन नसकेकाले सेफमा राखिएको २ हजार ६३५ रुपैयाँ चोरी हुनबाट बचेको विज्ञप्तिमा जनाइएको छ । भोलि आइतबारदेखि संस्थाबाट नियमित सेवा प्रवाह हुने विज्ञप्तिमा उल्लेख छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।