Tuesday, December 24, 2024
Homeफिचरसहकारी दिवसको पूर्वसन्ध्यामा सहकारीमा चोरी बढ्दै

सहकारी दिवसको पूर्वसन्ध्यामा सहकारीमा चोरी बढ्दै

बेलबारीः यतिबेला देशभरका सहकारीहरु साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय सहकारी दिवस मनाइरहेका छन् । सहकारीका सञ्चालकहरु विभिन्न कार्यक्रम गरी दिवसमा रमाइरहँदा उत्तरी मोरङका सहकारीहरुमा भने चोरीको घटना बढिरहँदा त्रासको वातावरण सिर्जना भएको छ ।

शुक्रबार राति मोरङको बेलबारीमा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । सो सहकारी संस्था मोरङकै ठूलो सहकारीमध्येमा पर्छ । आफ्नै तीन तले भवनमा सञ्चालित सो सहकारीको एउटा फ्ल्याट बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको बचत तथा ऋण सहकारी संघको मोरङ शाखाले भाडामा लिएर उपयोग गरिरहेको छ ।

सो सहकारीमा शुक्रबार राति कार्यालय रहेको स्थानको पछाडिपट्टिको पर्खालबाट चोर छिरेको र भुँईतलामा रहेको झयाल र अगाडिको सटर फोडेर भित्र छिरी दुवै तलामा रहेको सिसी क्यामेराको डिभाईस लगेको संस्थाले जनाएको छ ।

संस्थाको भल्ट फुटाएको र भल्टमा रहेको रकम लगेको वा नलगेको भन्ने बारेमा अनुसन्धान भइरहेको संस्थाले जनाएको छ ।

केही दिन पहिले सुन्दरहरैंचाको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थामा पनि चोरी भएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments