विराटनगरः सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विराटनगरमा अवस्थित मानव सेवा आश्रमलार्ई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । सय जनाभन्दा बढी बेसहारा नागरिकहरुलाई आश्रय दिइरहेको सो संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामाग्री लगायत अन्य आवश्यक सामाग्रीहरु उपलब्ध गराएको जनाएको छ ।
सेवा आश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेको बैंकले जनाएको छ । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले मानव सेवामा समर्पित आश्रम सञ्चालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सानै भए पनि सहयोग प्रदान गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको बताउनुभयो ।







