काठमाडौंः रुरु जलविद्युत परियोजनाको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको शेयरको ‘लक इन’ अवधि २०८१ वैशाख ३ गते सकिने भएको छ ।
कम्पनीले २०७८ वैशाख ३ गते शेयर बाँडफाँड गरेको थियो । सो मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।
कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक शेयर, ४ लाख ८९ हजार २४५ कित्ता स्थानीयको शेयर र ९ हजार ८५८ कित्ता कर्मचारीको शेयर लक इन रहेको छ ।