विराटचोकः गत माघमा नेकपा माओवादी केन्द्र त्यागेर चैत ९ गते नेपाली कांग्रेसमा प्रवेश गरेका मिलन लुइँटेललाई नेपाली कांग्रेसले क्षेत्रीय समितिको आमन्त्रित सदस्यको जिम्मेवारी दिएको छ ।
नेकपा माओवादी केन्द्रको वडा कमिटी अध्यक्षबाट राजीनामा दिएर लुइँटेलसहित उपाध्यक्ष मातृका चौलागाईँलगायत ३० जनाले सामुहिक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए । उनीहरुमध्ये ७ जना चैत ९ गते नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ को कार्यसमिति बैठकले चैत १५ गते लुइँटेललाई सो कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनित गरेको क्षेत्रीय सभापति देवराज तामाङले बताउनुभयो ।
गत साता पार्टी प्रवेशका लागि आयोजित कार्यक्रममा बोल्ने अधिकांश कांग्रेस नेताले लुइँटेललाई पार्टीभित्र ठाउँ दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।