काठमाडौंः माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सामुहिक लगानी कोषहरुको लागि छुट्याएको साधारण शेयरको ‘लक इन’ अवधि २०८१ वैशाख २ गते सकिने भएको छ ।
‘लक इन’ अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सो शेयर कारोबारका लागि योग्य हुनेछ । सामुहिक लगानी कोषले कम्पनीको ७५ हजार कित्ता शेयर होल्ड गरेका छन् ।