विराटचोकः नेकपा एमालेले कोशी प्रदेशमा चैत र बैशाखमा जिल्ला अधिवेशन गर्ने भएको छ ।
बैशाख २९ गतेसम्मका लागि १० जिल्लाको अधिवेशनको मिति तय भएको छ । मोरङ र सुनसरीको अधिवेशन मिति तय हुन बाँकी छ । भने संखुवासभाको अधिवेशन सम्पन्न भइसकेको छ । एमाले पार्टी स्रोतका अनुसार चैत १३ र १४ गते उदयपुर तथा चैत १५ र १६ गते झापाको अधिवेशन हुने भएको छ ।
चैत १७ र १८ गते पाँचथरको चैत २३ र २४ गते सोलुखुम्बुको चैत २६ र २७ गते ओखलढुङ्गाको तथा चैत २८ र २९ गते खोटाङको अधिवेशन हुने भएको छ ।
२०८१ बैशाख ३ र ४ गते भोजपुरको २३ र २४ गते ताप्लेजुङको, २५ र २६ गते तेह्रथुमको तथा वैशाख २८ र २९ गते धनकुटाको अधिवेशन हुने भएको छ ।