विराटचोकः सुन्दरहरैंचा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि चैत २६ गते निर्वाचन हुने भएको छ । संघले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
संघको एघारौँ अधिवेशन तथा २५ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । सोही साधारणसभाले निर्वाचनको मिति तय गरेको हो ।
चैत ११ गते मतदाता नामावली सार्वजनिक र दावी विरोध भइसकेको संघले जनाएको छ । चैत १३ गते मतदाताको अन्तिम नामावली प्रकाशन, चैत १४ गते उम्मेद्वारी मनोनयन दर्ता र दावी विरोध, चैत १५ गते उम्मेद्बारी फिर्ता र दावी विरोध, चैत १६ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन र चैत २६ गते निर्वाचन गरिने संघले जनाएको छ ।