विराटचोकः तोलामा २ हजार ६ सय रुपैयाँ बढेर सुनको भाउले आज उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख २७ हजार ८०० रुपैयाँमा र तेजावी सुन १ लाख २७ हजार २०० रुपैयाँमा किनबेच भएको छ ।
यसअघि गत फागुन २७ गते छापावाल सुन हालसम्मकै उच्च तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ५ सय ५५ रुपैयाँ कायम भएको छ ।