विराटचोकः राष्ट्रिय सहकारी दिवसको अवसर पारेर मोरङमा चैत १६ र १९ र २० गते विभिन्न औपचारिक कार्यक्रम गरिने भएको छ । चैत १४ गतेदेखि नै सहकारी संस्थाले सहकारीसम्बन्धी विभिन्न कार्यक्रम गर्ने भएका छन् ।
चैत १६ गते दिउँसो साढे ३ बजे विराटनगर, रंगेली, उर्लाबारी, पथरीशनिश्चरे, सुन्दरहरैंचा, बेलबारी र लेटाङमा र्याली निकालिने भएको छ ।
चैत १९ गते साँझ ६ बजे १७ वटै पालिकाका मुख्य स्थानमा दीपावली गर्ने निर्णय भएको छ ।
चैत २० गते विराटनगरमा जिल्लाभरका सहकारीकर्मी भेला भएर दिवस समापन गर्ने कार्यतालिका रहेको छ ।
नेपालमा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।
सहकारी दिवस मनाउन ५०१ सदस्यीय मूल समारोह समिति, ९ वटा उपसमिति