Tuesday, December 24, 2024
Homeफिचरसहकारी दिवस मनाउन ५०१ सदस्यीय मूल समारोह समिति, ९ वटा उपसमिति

सहकारी दिवस मनाउन ५०१ सदस्यीय मूल समारोह समिति, ९ वटा उपसमिति

विराटचोकः ६७ औँ राष्ट्रिय सहकारी दिवस मोरङमा मनाउन भव्य तयारी गरिएको छ। चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउन जिल्ला सहकारी सङ्घ मोरङका अध्यक्ष डा डिल्ली पोख्रेलको संयोजकत्वमा पाँच सय एक सदस्यीय मूल समारोह समिति तथा नौ उपसमिति गठन भएको हो ।

त्यस्तै, मञ्च, दीप प्रज्वलन, स्वास्थ्य, खानेपानी, अतिथि सत्कार, झाँकी एवम् ¥याली, स्वयम् सेवक, आर्थिक र प्रचारप्रसार उपसमिति पनि गठन गरिएको छ ।
मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा सीता लामिछाने, दीप प्रज्वलन उपसमितिको संयोजकमा सङ्गीता दाहाल र उपसंयोजकमा सरिता अधिकारी, स्वास्थ्य उपसमितिको संयोजकमा जीतेन्द्र झा र उपसंयोजकमा सन्तोष मण्डल छानिनुभएको छ ।

खानेपानी उपसमिति संयोजकमा उमेश गुरुङ र देवी प्रधान, अतिथि सत्कारमा मीरा दाहाल र बलबहादुर घिमिरे, झाँकी एवम् ¥यालीमा ई कमलेश्वर ठाकुर र नवीन विश्वास, स्वयम् सेवकमा योगेन्द्र साह र नारायण ढकाल, आर्थिकमा अमृत गुरुङ र प्रभु पोखरेल तथा प्रचार प्रसार उपसमितिका उपसंयोजकमा अविनाश निधीलाई जिम्मेवारी दिइएको छ ।

मूल समारोह समितिमा जिल्ला सहकारी सङ्घ मोरङका पदाधिकारी तथा सञ्चालकहरू, सबै विषयगत सहकारी सङ्घका पदाधिकारी तथा सञ्चालकहरू, सहकारी कर्मचारी सङ्गठनका पदाधिकारी तथा सञ्चालकहरू, राष्ट्रिय सहकारी बैङ्कका कर्मचारीहरू, अग्रज सहकारीकर्मीहरु हुनुहुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments